birat ribon

कोरोनाबाट ८१२ जनाको मृत्यु

Neuro
कोरोनाबाट ८१२ जनाको मृत्यु

विराटनगर, ६ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टायता थप २१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

Padelux insider
cura insider

बिहीबारको प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप २१ जनाले कोरोनाबाट ज्यान गुमाएको जानकारी दिएको छ ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।

बिहीबार नेपालमा थप ३६ सय ३७ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

पछिल्लो २४ घण्टामा थप ३२ सय १५ जनाले कोरोना जितेसँगै संक्रमणमुक्त हुनेको संख्या एक लाख २ हजार ८२० पुगेको छ । कूल संक्रमितमध्ये ६९.२ प्रतिशतले कोरोना जितेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

jackson ribon