विराटनगर, ६ कात्तिक । बिहीबार नेपालमा थप ३६ सय ३७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १५ हजार २५५ जनाको परीक्षणमा थप ३६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
यससँगै नेपालमा संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताए ।
पछिल्लो २४ घण्टामा थप ३२ सय १५ जनाले कोरोना जितेसँगै संक्रमणमुक्त हुनेको संख्या एक लाख २ हजार ८२० पुगेको छ । कूल संक्रमितमध्ये ६९.२ प्रतिशतले कोरोना जितेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।
आज थप २१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।