birat ribon

कोरोनामुक्त हुनेको संख्या एक लाख नाघ्यो

Neuro
कोरोनामुक्त हुनेको संख्या एक लाख नाघ्यो

विराटनगर, ६ कात्तिक । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त हुनेहरूको संख्या एक लाख नाघेको छ ।

Padelux insider
cura insider

पछिल्लो २४ घण्टामा थप ३२ सय १५ जनाले कोरोना जितेसँगै संक्रमणमुक्त हुनेको संख्या एक लाख २ हजार ८२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भएको जानकारी दिएको छ ।

कूल संक्रमितमध्ये ६९.२ प्रतिशतले कोरोना जितेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

बिहीबार नेपालमा थप ३६ सय ३७ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

आज थप २१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

jackson ribon