birat ribon

मास्क र सामाजिक दुरीले संक्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

Neuro
मास्क र सामाजिक दुरीले संक्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडौ, ६ कात्तिक । काठमाडौँ उपत्यकामा कोभिड–१९ को संक्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन ठूलाबडाकहाँ नजाने र जानैपर्दा सामाजिक दुरी कायम गर्न जनस्वास्थ्यविद्ले सल्लाह दिएका छन् । यस वर्ष संक्रमण तीव्ररुपमा फैलिरहेकाले फोन वा भिडियो कलबाट आफूभन्दा ठूलासँग आशीर्वाद लिन सकिने जनस्वास्थ्य विशेषज्ञ डा. रवीन्द्र पाण्डे सल्लाह दिन्छन् ।

Padelux insider
cura insider

दशैँका समयमा अझै बढी भीड हुने भएकाले सार्वजनिक सवारीसाधन चढ्न नहुने उनको सुझाव छ । जानैपर्दा पनि आफन्तको घर नजिक भए हिँडेर वा आफ्नो साधन हुँदा सुरक्षित भएर जानुपर्छ । टीका थाप्ने र लगाउने दुवै पक्षलाई मास्क प्रयोग तथा घर बाहिर निस्केपछि मास्क नखोल्न तथा खानाखाजा नखान पनि उनले सल्लाह दिएका छन् ।

अहिले आइरहेको दशैँ र त्यसपछि आउने तिहार, छठ, ल्होसारले गर्दा बजारमा भीडभाड बढिरहेकामा चिन्ता व्यक्त गर्दै उनले यस समयमा कडाइँका साथ सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गराउन र नागरिकले गर्न लाग्नुपर्ने सुझाव दिए ।

काठमाडौँ उपत्यका बाहिर जाने नागरिकलाई ‘होम आइसोलेसन’ मा बस्न स्थानीय तहले समन्वय गर्नुपर्छ । उनले भने, ‘घर जाने व्यक्तिले आफूसँगै संक्रमण लैजाँदा घरका नागरिक जो दीर्घरोगी हुन सक्छन्, उसलाई पछि गम्भीर असर गर्न सक्छ ।’

सरकारले के गर्‍यो र के गरेन भन्नुभन्दा पनि नागरिक आफैं सजग हुनुपर्ने डा. पाण्डेको सुझाव छ । नेपालमा कोभिड फैलिएको आठ महिनामा पनि अझै नागरिकले मास्क लगाउन, दुरी कायम राख्न र र भीडभाड नगर्न नसकेकोमा उनले चिन्ता व्यक्त गरे । मास्कलाई नाक, मुख छोपेर सही तरिकाले लगाउँदा संक्रमण फैलन सम्भावना कम हुने देखिएको उनले बताए । नब्बे प्रतिशतभन्दा बढी नागरिकले सही तरिकाले मास्क लगाउने चीन, भियतनाम, कम्बोडिया, जापानलगायत देशमा कोरोना नियन्त्रणमा रहेको उनले उदाहरण दिए । ती देशमा नागरिकलाई खोप पनि नचाहिएको र सरकारले बन्दाबन्दी नगरेको उनले बताए ।

काठमाडौं उपत्यकामा अहिले नै समुदायस्तरमा कोभिड–१९ फैलिसकेकाले दशैं तिहार, छठलगायत चाडपर्वमा संक्रमण अझै धेरै फैलनसक्ने अनुमान विज्ञले गर्दै आएका छन् । घर बाहिर हुँदा मास्क नलगाउने र भीडभाड गर्नेलाई कारवाही गर्नुपर्ने उनले माग गरे । निजी ठूला अस्पताल र केही सरकारी अस्पताललाई कोभिड अस्पताल बनाएर सबै शैय्या, जनशक्ति र सघन उपचार कक्ष लिन सकिने उनको तर्क छ ।

अहिले पनि सही तरिकाले मास्क लगाउँदा र सामाजिक दुरी कायम गर्दा छदेखि १२ हप्तामा संक्रमण नियन्त्रणमा आउने डा. पाण्डेको भनाइ छ । यस वर्ष चाडपर्वमा बली दिने, जात्रा गर्ने, तास खेल्नेलगायत गतिविधि पूरै रोक्नुपर्नेमा उनको जोड छ । रासस

jackson ribon