काठमाडौं, ६ कात्तिक ६ । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई कोरोना संक्रमण भएको छ ।
उनीसँगै श्रीमती तारा मानन्धरमा पनि संक्रमण पुष्टि भएको छ ।
आफूलाई लक्षणविना पोजेटिभ देखिएको तर श्रीमतीलाई लक्षणसहित संक्रमण पुष्टि भए पनि दुवै छोराहरुलाई नेगेटिभ देखिएको बाँस्कोटाले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।
बितेको १० दिनयता आफूले कसैलाई नभेटेको पनि पूर्वमन्त्री बाँस्कोटाले जानकारी दिएका छन् ।