birat ribon

अबको तयारी ‘एल क्लासिको’का लागि : जिदान

Neuro
अबको तयारी ‘एल क्लासिको’का लागि : जिदान

विराटनगर, ६ कात्तिक । स्पेनिस क्लब रियल मड्रिडले नयाँ सिजनको च्याम्पियन्स लिगमा खराब सुरुआत गर्‍यो । बुधबार राति भएको समूह चरणको खेलमा शख्तर डोनेस्कसँग ३–२ गोलले स्तब्ध भएपछि रियलले च्याम्पियन्स लिगमा खराब सुरुआत गरेको हो ।

Padelux insider
cura insider

रियलको मैदान स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भएको खेलको पहिलो हाफ रियलले ३–० गोलले पछाडि परेको थियो । दोस्रो हाफमा दुई गोल गरेको ऊ बराबरीसमेत फर्किन सकेन । रियलका प्रशिक्षक जिनेदिन जिदानले सो हारको दोष आफूले लिने बताएका छन् ।

‘मैले आफूलाई जित निकाल्न सक्षम ठानेको थिएँ, यो मेरो प्रयास थियो’, खेलपछि पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘खेलाडीले पनि प्रयास गरेका थिए । हामी समाधानतर्फ अगाडि बढिरहेका छौं र हामी यसको समाधान भेट्ने पनि छौं ।’

यसैगरी जिदानले अब आफ्नो तयारी एल क्लासिकोका लागि भएको बताए । रियलले आउँदो शनिबार साँझ ७ः४५ बजे बार्सिलोनासँग उसैको मैदानमा खेल्दैछ । ‘अब हाम्रो ध्यान एल क्लासिकोमा छ । शनिबारको सोही खेलका लागि तयारी गर्नेछौं,’ उनले भने ।

jackson ribon