birat ribon

उपत्यकाका किसानलाई कामको चटारो

Neuro
उपत्यकाका किसानलाई कामको चटारो

काठमाडौ, ६ कात्तिक । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढे पनि कौठ क्षेत्रमा भने यसको असर परेको छैन । कोरोना कहरमा रहँदै गर्दा रोपेको धान चाडपर्व आउँदै गर्दा भने थन्क्याउन उपत्यकाका किसानहरुलाई भ्याई–नभ्याई छ ।

Padelux insider
cura insider

असोज महिनामा मनाइने दशैं यसपटक अधिकमासका कारण एक महिना पर धकेलिएपछि किसानहरु दोहोरो हतारमा छन् । एकातर्फ कोरोनाको जोखिमसँगै पाकेको धान उठाउन हतार छ भने अर्कोतर्फ दशैं नजिकिएर पर्व मनाउने हतार छ ।

ललितपुर दक्षिण क्षेत्रको धान खेत पुग्दा किसानहरु कोही धान काट्दै थिए भने कोही धान उठाउँदै थिए । कोही भने धान झार्दै थिए । खेतमा भेटिएका किसानहरुले धान उठाउने काम सकेर दशैं मनाउने योजना रहेको बताएका छन् । त्यस्तै कोरोना संक्रमणको जोखिम भए पनि गाउँमा त्यसको असर नपरेकाले धान काट्ने काममा आफूहरु व्यस्त भएको किसानहरुको भनाइ छ ।

काठमाडौं उपत्यकामा असारमा धान रोपेर कात्तिकभित्र थन्काइसक्ने चलन छ । उपत्यकामा चिसो छिटो बढ्ने र कात्तिकमा पानी परे धान भुइँमा झरेर नष्ट हुने भएकाले पनि पाकेको धान हतार–हतार उठाउने गरिन्छ ।

jackson ribon