birat ribon

नोबेलको पीसीआर ल्याब दशैंमा पनि खुल्ने, पाँच घण्टामै रिपोर्ट

Neuro
नोबेलको पीसीआर ल्याब दशैंमा पनि खुल्ने, पाँच घण्टामै रिपोर्ट

विराटनगर, ६ कात्तिक । नोबेल शिक्षण अस्पतालको पीसीआर ल्याब दशैंमा पनि खुला हुने भएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै दशैं बिदामा पनि पीसीआर परीक्षण जारी राखिने नोबेल अस्पतालले जनाएको छ ।

Padelux insider
cura insider

कोरोनाको महामारी बढिरहेकाले नागरिकको आवश्यकता र सहजतालाई मध्यनजर गर्दै दशैंको अवधिमा पनि पीसीआर परीक्षण जारी राख्ने निर्णय भएको नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपालले जानकारी दिए । ‘दशैंमा पनि पीसीआर परीक्षण रोकिँदैन । हामीले दशैं बिदामा पनि पीसीआर परीक्षण गरेर ५ घण्टामै रिपोर्ट दिने व्यवस्था मिलाएका छौं ।’

दुईवटा अत्यधुनिक अमेरिकन पीसीआर मेसिन ल्याएर गत असोज ११ गतेबाट नोबेलले पीसीआर परीक्षण गर्दै आएको छ । नोबेलले अस्पतालमा आउनेको मात्र नभई गाउँ–गाउँमा गएर पनि स्वाब संकलन गरी अतिरिक्त शुल्कविना नै पीसीआर परीक्षण गर्ने व्यवस्था पनि मिलाएको छ ।

यता, दशैं बिदाका कारण शुक्रबारदेखि मंगलबारसम्म पाँच दिन ओपीडी सेवा बन्द हुने भए पनि सो अवधिमा आकस्मिक अवस्थाका सबै बिरामीको उपचार इमर्जेन्सीबाट गरिने नोबेल अस्पतालले जनाएको छ ।

jackson ribon