birat ribon

प्रधानमन्त्रीले रअ प्रमुखसँग भेट्नु आपत्तिजनक : भीम रावल

Neuro
प्रधानमन्त्रीले रअ प्रमुखसँग भेट्नु आपत्तिजनक : भीम रावल

विराटनगर, ६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुखसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्नु आपत्तिजनक भएको बताएका छन् ।

Padelux insider
cura insider

बिहीबार दिउँसो सामाजिक सञ्जालमार्फत रावलले उक्त भेट कूटनीतिक मर्यादाविपरीत भएको पनि जिकिर गरेका छन् ।

उनले लेखेका छन्, ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ । कूटनीतिक मर्यादाविपरीत छ ।’

प्रधानमन्त्री ओली र गोयलबीच बुधबार शिष्टाचार भेटवार्ता भएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीसँग गोयलको हिजो बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको जनाए ।

उनका अनुसार भेटका क्रममा नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध खलबलिन नदिने विषयमा छलफल भएको थियो ।

सोहीअनुसार दुई देशबीच आइपर्ने समस्याको दुई पक्षीय वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा समेत छलफल भएको थापाले जानकारी दिए ।

jackson ribon