birat ribon

चिडियाखानालाई ललितपुर महानगरको सहयोग

Neuro
चिडियाखानालाई ललितपुर महानगरको सहयोग

काठमाडौ, ६ कात्तिक । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

Padelux insider
cura insider

आर्थिक अभावका कारण चिडियाखानामा रहेका वन्यजन्तुलाई खाना खुवाउन समस्या भएपछि महानगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

बिहीबार महानगरपालिकाका प्रमुख (मेयर) चिरिबाबु महर्जनले चिडियाखानाका आयोजना अधिकृत डा. चिरन्जीवी पोखरेललाई सहयोगवापतको चेक हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर महर्जनले कोभिड संक्रमणका कारण चिडियाखानाको आम्दानीको स्रोत बन्द भएकाले आर्थिक समस्या परेको अवस्थामा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराएको बताए । आगामी दिनमा आवश्यकताअनुसार आर्थिक सहयोग रकम जुटाउन महानगर प्रतिबद्ध रहेको पनि उनले बताए ।

सदर चिडियाखानाका आयोजना अधिकृत डा. पोखरेलले कोभिड संक्रमणको जोखिमका कारण चिडियाखाना बन्द रहँदा आम्दानी ठप्प रहेको बताए ।

चिडियाखानामा वार्षिक १५ करोड रुपैयाँभन्दा बढी खर्च हुने गर्छ भने चिडियाखानाभित्र रहेका वन्यजन्तुको खानपिनका लागि करिब ३ देखि ४ करोड रुपैयाँ खर्च हुने पोखरेलले बताए । चिडियाखानामा १ सय १० प्रजातिका १ हजार ६८ वन्यजन्तु रहेका छन् ।

आर्थिक अभावका कारण चिडियाखानाका कर्मचारीले आधा महिनाको तलब लिएर काम गरिरहेको पनि डा. पोखरेलले बताए । बित्तीय हिसाबले ऋणात्मक अवस्थामा पुगेको चिडियाखाना सरकारको सम्पत्ति हो ।

विगत २० वर्षदेखि चिडियाखाना आफ्नै आम्दानीबाट सञ्चालन हुँदै आएको छ । अहिले कोभिड १९ का कारण पूर्णरुपमा बन्द गर्नुपर्दा आम्दानी शून्य भएको छ ।

jackson ribon