birat ribon

कोरोना संक्रमितको निःशुल्क उपचार गर्दै गण्डकी प्रदेश

Neuro
कोरोना संक्रमितको निःशुल्क उपचार गर्दै गण्डकी प्रदेश

पोखरा, ६ कात्तिक । संघीय सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क नगर्ने भए पनि गण्डकी प्रदेश सरकारले संक्रमितको उपचार निःशुल्क गर्ने भएको छ ।

Padelux insider
cura insider

यसअघिजस्तै निःशुल्क उपचार तथा व्यवस्थापन प्रक्रियालाई निरन्तरता दिने निर्णय प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबारको बैठकले गरेको हो ।

विभिन्न सामाजिक सञ्जालमा उपचार र व्यवस्थापनका सन्दर्भमा क्रियाप्रतिक्रिया आएकोमा प्रदेश सरकार प्रदेशवासीलाई सामाजिक सञ्जालमा आएका कुरामा विश्वास नगर्न आग्रह गर्दै यसअघि जेजस्ता कार्य गर्दै आएको थियो, त्यसलाई नै निरन्तरता दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए ।

बैठकले मुख्यमन्त्री र मन्त्रीहरुको दशैँभत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको मन्त्री बस्नेतले बताए । कोरोनाको तीव्र संक्रमण बढिरहेको अवस्थामा मुख्यमन्त्रीसहित सबै मन्त्रीले विगतमा पनि एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय भएकोमा दशैँ खर्च भनेर आएको भत्ता गण्डकी प्रदेश सरकारको कोभिड कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।

jackson ribon