विराटनगर, ६ कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा इन्टर मिलान र मोन्चेनग्लाडबाचले अंक बाँडेका छन् । बुधबार राति भएको खेलमा इन्टर र मोन्चेनग्लाडबाचले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
इन्टरको मैदानमा भएको खेलमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाए ।
६३औं मिनेटमा मोन्चेनग्लाडबाचका रेमी बेन्सेबैनीले पेनाल्टीमा गोल गर्दै पाहुना टोलीलाई बराबरीमा फर्काए ।
८४औं मिनेटमा जोनास होफम्यानले गोल गरेपछि मोन्चेनग्लाडबाचले अग्रता बनाएको थियो । तर, खेलको ९०औं मिनेटमा लुकाकुले दोस्रो गोल गर्दै इन्टरलाई हारबाट बचाए ।
बराबरीसँगै समूह ‘ब’ मा रहेका दुवै टोलीले १–१ अंक बाँडेका छन् ।