birat ribon

बडादसैंको छैठौं दिन आज, कात्यायनी देवीको पूजा गरेर मनाइँदै

Neuro
बडादसैंको छैठौं दिन आज, कात्यायनी देवीको पूजा गरेर मनाइँदै

विराटनगर, ६ कात्तिक । बडादसैंको छैठौं दिन आज (बिहीबार) अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीको पूजा अर्चना गरेर मनाइँदैछ ।

Padelux insider
cura insider

कात्यायनीलाई साहसको प्रतिक मानिन्छ । दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने अवरोध रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ ।

कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको पाइन्छ । धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचिन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायनी रहन गएको कथन छ । तिनै कात्यायनीले महिशासुरको बध गरेको शास्त्रीय मान्यता रहेको छ ।

कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन् । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ । अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको बध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । देवी कात्यायनी मातालाई पार्वतीको सौर्य अवतार मानिन्छ ।

शक्तिस्वरूपा कात्यायनी देवीले मानव जीवनको सुखसमृद्धिका लागि प्रदान गर्ने यी बरदानहरु हासिल गर्नका लागि आजका दिन कात्यायनी देवीको मूर्तिलाई राम्रोसङ्ग सजाएर स्वादिष्ट मिठाइ चढाइन्छ र फूलपत्रहरुले पूजाआराधना गरिन्छ। यसका साथसाथै देवी कात्यायनीको बरदान पाउनेहेतु शक्तिस्वरूपा माताकोआह्वान गर्दै पवित्र तनमनका साथ देवीको मन्त्रोच्चारण गरिन्छ।

कात्यायनी माताले दिएका बरदान
– महिलाहरुका लागि समृद्ध र सामयिक बैबाहिक जीवनका लागि बरदान
– नवविवाहित दम्पतिहरुका लागि उचित समयमा सन्तान सुखको बरदान
– कसैको कुण्डलीमा कुनै खराबीहरु छन् भने तीनको प्रत्यख्यान
– विवाद गर्ने उमेर भएका युवतीहरुको समयमै लगन गाँठोका लागि बरदान
– महिलाहरुको वैवाहिक जीवनमा आइपर्ने समस्याहरुको अपलाप
– स्वास्थ्य, सम्पन्नता र समृद्धिका लागि बरदान ।

विगतमा नवरात्रको छैठौं दिन कात्यायनी भगवतीको पूजाका लागि देशका शक्तिपीठ तथा मन्दिरहरुमा पूजा गर्नेको घुइँचो लाग्ने गरेको थियो । तर यस वर्ष कोरोना कहरका कारण त्यो सम्भव हुन सकेन । आश्विनशुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्परा अनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

आज उपत्यकामा रहेका नौवटा शक्तिपीठमा आन्तरिक रुपमा पूजा भइरहेको छ । यसैगरी राजधानी बाहिरका सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, विराटनगरको काली मन्दिर, ताप्लेजुङको पाथीभरा, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाई र भुटनदेवीलगायतका मन्दिर र शक्तिपीठहरूमा पूजाआजा भइरहेका छन् ।

jackson ribon