birat ribon

बैंग्लोरले कोलकतालाई सहजै हरायो

Neuro
बैंग्लोरले कोलकतालाई सहजै हरायो

विराटनगर, ६ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले सातौं जित निकालेको छ ।

Padelux insider
cura insider

बुधबार राति भएको खेलमा बैंग्लोरले कोलकता नाइट राइडर्समाथि ८ विकेटको सहज जित निकालेको हो ।

शेख जायद रंगशालामा कोलकोताले जितका लागि दिएको ८५ रनको झिनो लक्ष्य पछ्याएको बैंग्लोरले १३.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो ।

बैंग्लोरलाई जिताउन देवदत्त पाडिक्कलले २५ रन बनाउँदा गुरुकिरात सिंहले २१ रन बनाए । कप्तान विराट कोहलीले १८ रन बनाउँदा आरोन फिन्चले १६ रन बनाए ।

कोलकताका लक्की फर्गुसनले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कोलकताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८५ रन बनाएको थियो । कोलकताका कप्तान इयोन मोर्गानले सर्वाधिक ३० रन बनाए ।

यस्तै लक्की फर्गुसनले अजिवित १९ रन बनाउँदा कुलदीप यादव १२ रनमा आउट भए । टोम बान्टनले १० रन बनाउँदा अरु खेलाडीहरूले दोहोरो अंक जोड्न सकेनन् ।

कोलकतालाई सस्तैमा समेट्न मोहम्मद सिराजले ३ विकेट लिँदा युज्भेन्द्र चाहालले २ तथा नभदीप सैनी र वासिङ्टन सुन्दरले समान १–१ विकेट लिए ।

जितसँगै बैंग्लोर दोस्रो स्थानमा उक्लिएको छ । उसले १० खेलबाट १४ अंक जोडेको छ । पराजित कोलकता भने १० अंकका साथ चौथो स्थानमा छ ।

jackson ribon