विराटनगर, ६ कात्तिक । इंग्लिस क्लब म्यानचेस्टर सिटीले युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा सुखद सुरुआत गरेको छ ।
बुधबार राति समूह चरणको पहिलो खेल खेलेको सिटीले पोर्चुगिज क्लब पोर्टोमाथि ३–१ गोलको जित निकाल्दै सुखद सुरुआत गरेको हो ।
सिटीको मैदानमा भएको खेलमा पाहुना टोली पोर्टोले सुरुआती अग्रता बनाएको थियो । खेलको १४औं मिनेटमा लुइस डियाजले गोल गरेपछि पोर्टोले अग्रता बनाएको थियो ।
२०औं मिनेटमा सिटीले पेनाल्टीको मौका पायो, जसमा सर्जियो अगुएरोले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए ।

६५औं मिनेटमा इल्के गुन्डोगानले गोल गरेपछि सिटीले अग्रता बनाएको थियो । ७३औं मिनेटमा फरान टोरेसले गोल गर्दै सिटीलाई ३–१ गोलको जित दिलाए ।
जितसँगै समूह ‘सी’को सिटीले ३ अंक जोडेको छ । सोही समूहको ओलम्पिकसले मार्सेलीमाथि १–० गोलको जित दर्ता गरेको छ ।