birat ribon

च्याम्पियन्स लिग : आत्मघाती गोलमा चम्क्यो लिभरपुलको भाग्य, आयाक्स पराजित

Neuro
च्याम्पियन्स लिग : आत्मघाती गोलमा चम्क्यो लिभरपुलको भाग्य, आयाक्स पराजित

विराटनगर, ६ कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलले सुखद सुरुआत गरेको छ । बुधबार राति समूह चरणको पहिलो खेल खेलेको लिभरपुलले डच क्लब आयाक्समाथि १–० गोलको साघुँरो जित निकाल्दै सुखद सुरुआत गरेको हो ।

Padelux insider
cura insider

आयाक्सको मैदानमा भएको खेलमा घरेलु टोलीले आत्मघाती गोल गरेपछि लिभरपुल भाग्यमानी सावित भयो । खेलको ३५औं मिनेटमा आयाक्सका निकोलास टाग्लीयाफिकोले आफ्नै पोस्टमा गोल गरेपछि लिभरपुलले १–० गोलको जित निकालेको हो ।

जितसँगै समूह ‘डी’को लिभरपुलले ३ अंक जोडेको छ । सोही समूहको अटलान्टाले मिड्जील्याण्डमाथि ४–० गोलको जित निकाल्यो ।

jackson ribon