birat ribon

विराटनगरमा जथाभावी फोहोर फ्याँक्नेलाई कारबाही

Neuro
विराटनगरमा जथाभावी फोहोर फ्याँक्नेलाई कारबाही

विराटनगर, ६ कात्तिक । विराटनगर महानगरपालिकाभित्रको सडक क्षेत्रमा जथाभावी फोहोर फाल्नेलाई कारबाही हुने भएको छ ।

Padelux insider
cura insider

महानगरपालिका क्षेत्रभित्रको बजार क्षेत्रमा जथाभावी फोहोर फाल्ने प्रवृत्ति बढेपछि फोहोरमैला व्यवस्थापन ऐन २०६८ बमोजिम कारबाहीको गर्ने प्रक्रिया आरम्भ गरिएको छ। महानगरपालिका क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा वेस्ट म्यानिजमेन्ट ग्रुप नेपाल फोहोरमैला परियोजनाले लिएको छ।

अहिले विराटनगरको बजार क्षेत्रमा पसलअगाडिको सकडमा फोहोर फाल्ने प्रवृत्ति बढ्दै गएको पाइएपछि कारबाहीको प्रक्रिया बढाएको वेस्ट म्यानेजमेन्ट ग्रुप नेपालका फोहोरमैला परियोजना प्रमुख देवी आचार्यको भनाइ छ । विराटनगरको बजार क्षेत्रमा सडकमै फोहोर फाल्ने काम भइरहेकोले त्यस्ता व्यक्तिलाई पहिचान गरी कारबाहीको दायरामा ल्याउने प्रक्रिया सुरू गरिएको उनले बताए ।

घरभित्र र पसलबाट उत्सर्जन भएको फोहोर संकलन गर्ने गाडीमा सिधै हाल्नुपर्नेमा त्यसो नगरी बाटोमा थुपार्न थालेपछि कारबाही थालिएको आचार्यले बताए । सडकमा फोहोरजन्य वस्तु फाल्नेको निगरानी राखी फोहोरमैला व्यवस्थापन ऐनअनुसार कारबाहीको गर्ने चेतावनी उनले दिए ।

महानगरमा साँझको समयमा पनि फोहोर संकलन गर्न थालिएको छ । बजार क्षेत्रका पसलहरूबाट साँझको समयमा बढी फोहोर उत्सर्जन हुने हुँदा साँझमा संकलन गरी व्यवस्थापन गर्न थालेको आचार्यले बताए । चाडबाडको बेलामा बजारमा चाप बढेसँगै फोहोर पनि बढी उत्सर्जन हुने गरेको छ साँझमा बजार एरियाको फोहोर उठाएर अतिरिक्त सेवा दिने काम एक साता अघिबाटै सुरु भएको आचार्यले बताए । आजको हाम्रोमत दैनिकमा समाचार छ

jackson ribon