birat ribon

दश व्यवसायिक फर्मलाई कारबाही

Neuro
दश व्यवसायिक फर्मलाई कारबाही

विराटनगर, ६ कात्तिक । चालु अर्थिक वर्षको तीन महिनामा कैफियत गर्ने दशवटा उद्योग तथा व्यवसायिक फर्म कारबाहीमा परेका छन् ।

Padelux insider
cura insider

प्रदेश १ को चार जिल्लामा गरिएको अनुगमनका क्रममा कैफियत गर्ने उद्योग, फर्म एवं पसलहरु कारबाहीमा परेका हुन् । यस अवधिमा मोरङ, सुनसरी, झापा र धनकुटाका ५२ वटा उद्योग तथा फर्महरुको अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा कानुनविपरीतका गतिविधि भएका वा कानुन पालना नगर्ने उद्योग तथा फर्महरुलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरले कारबाही गरेको हो । साउन, भदौ र असोजमा झापामा तीन, धनकुटामा तीन र विराटनगरमा चारवटा उद्योग कारबाहीमा परेको कार्यालयका प्रमुख सन्तोष पोखरेलले बताए । आजको हाम्रोमत दैनिकमा समाचार छ

jackson ribon