birat ribon

एथ्लेटिकोमाथि बायर्नको शानदार जित

Neuro
एथ्लेटिकोमाथि बायर्नको शानदार जित

विराटनगर, ६ कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा साविक विजेता बायर्न म्युनिखले एथ्लेटिको मड्रिडमाथि शानदार जित निकालेको छ । बुधबार राति भएको समूह चरणको खेलमा बायर्नले एथ्लेटिकोमाथि ४–० गोलको शानदार जित निकालेको हो ।

Padelux insider
cura insider

जर्मन क्लब बायर्नको मैदानमा घरेलु टोलीलाई जिताउन किंग्स्ले कोमानले दुई गोल गर्दा लियोन गोरेट्जा र कोरिटन टोलिसोले समान १–१ गोल गरे ।

खेलको २८औं मिनेटमा कोमानले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए । ४१औं मिनेटमा गोरेट्जाले गोल गरेपछि बायर्नले पहिलो हाफभरि २–० गोलको अग्रता बनायाे ।

६६औं मिनेटमा टोलिसोले गोल गर्दै बायर्नको अग्रता तेब्बर बनाउँदा ७२औं मिनेटमा कोमानले व्यक्तिगत दोस्रो तथा क्लबका लागि चौथो गोल गर्दै शानदार जित दिलाए ।

जितसँगै समूह ‘ए’को बायर्नले नयाँ सिजनको च्याम्पियन्स लिगमा सुखद सुरुआत गरेको छ । उसले ३ अंक जोडेको छ ।

समूह ‘ए’ कै रेडबुल साल्जबर्ग र लोकोमोटिभ मस्कोले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

jackson ribon