birat ribon

एकै दिन चार लाख ३२ हजारलाई संक्रमण

Neuro
एकै दिन चार लाख ३२ हजारलाई संक्रमण

विराटनगर, ६ असोज । विश्वमा एकै दिन चार लाख ३२ हजार छ सय ६७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Padelux insider
cura insider

चार लाख बढी नयाँ बिरामी थपिएपछि विश्वमा संक्रमित संख्या चार करोड १४ लाख ५७ हजार छ सय ६५ पुगेको छ । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ लाख ३५ हजार छ सय १२ पुगेको छ । पछिल्लो २४ घण्टामा छ हजार सात सय ६४ जनाको मृत्यु भयो ।

तीन करोड आठ लाख ५१ हजार नौ सय ५४ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोना मुक्त हुँदै डिस्चार्ज भएका छन् । ९४ लाख ७० हजार ९९ जना उपचाररत रहेकोमा ७४ हजार ७८ जनाको अवस्था गम्भीर छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा एकै दिन ५९ हजार दुई सय ९७ जनामा कोरोना देखिएको छ । अमेरिकामा हालसम्म संक्रमित संख्या ८५ लाख ८० हजार चार सय ५३ पुगेको छ । दुई लाख २७ हजार तीन सय २४ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा एक हजार एक सय ४० जनाको मृत्यु भएको छ ।

५५ लाख ८६ हजार २० जना उपचारपछि घर फर्किएका छन् । २७ लाख ६७ हजार एक सय नौ जना उपचाररत रहेकोमा १५ हजार छ सय ६६ जनाको अवस्था गम्भीर छ ।

भारतमा ५६ हजार नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ७७ लाख पाँच हजार एक सय ५८ पुगेको छ । एक लाख १६ हजार छ सय ५३ संक्रमितले ज्यान गुमाइसकेका छन् । एकै दिन सात सय तीन जनाको मृत्यु भयो ।

६८ लाख ७१ हजार आठ सय ९८ जनाको उपचार सम्भव भएको छ । सात लाख १६ हजार छ सय सात जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा २५ हजार आठ सय ३२ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ५३ लाख छ सय ४९ पुगेको छ । एक लाख ५५ हजार चार सय ५९ संक्रमितले ज्यान गुमाए । पछिल्लो २४ घण्टामा पाँच सय ७१ जनाको ज्यान गयो ।

४७ लाख २१ हजार पाँच सय ९३ जना उपचारपछि घर फर्किएका छन् । चार लाख २३ हजार पाँच सय ९७ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

jackson ribon