birat ribon

मानवअधिकार आयोगले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिलाई कारबाही गर्न माग

Neuro
मानवअधिकार आयोगले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिलाई कारबाही गर्न माग

काठमाडाैं, ५ कात्तिक । राष्ट्रिय मानवअधिकार आयोगका निवर्तमान अध्यक्ष अनुपराज शर्माले आयोगले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिहरूलाई सरकारले तत्काल मुद्दा चलाउनुपर्ने बताएका छन् ।

Padelux insider
cura insider

विभिन्न समयमा अनियमितता गरेको, पदको दुरुपयोग गरेको तर कारबाहीको लागि सिफारिस हुँदासमेत पदको लाभ लिइरहेका व्यक्तिहरूलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत तत्काल मुद्दा चलाउनुपर्ने शर्माले बताए ।

मानवअधिकार आयोगले २०५७ जेठ महिना देखि २०७७ असार महिनासम्म विभिन्न समयमा भएका घटनाका २ सय ८८ जना दोषीको नाम नै किटान गरी कारबाहीका लागि सिफरिस गरेको छ ।

निवर्तमान अध्यक्ष शर्माले आयोगले सिफरिस गरेका व्यक्तिहरूमाथि अनुसन्धान गर्नका लागि भएपनि मुद्दा चलाउनैपर्ने बताए । मुद्दा दायर गर्दा दण्डहिनता घटने भएकाले पनि अयोगले सिफारिस गरेका व्यक्तिहरूमाथि मुद्दा चलाउनुपर्ने उनको भनाइ छ ।

पछिल्ला केही समय यता जिल्ला अदालतबाट छिनिएका जघन्य अपराधका सरकारवादी मुद्दाहरू माथिल्लो तहमा अपिल नहुनेगरी फैसाला गर्ने र मिलापत्र गराउने गरेको पाइएको शर्माले बताए ।

राज्यले चलाउनुपर्ने गम्भीर प्रकृतिका मुद्दामा मिलापत्र गराउने प्रवृति रहेको उल्लेख गर्दै निवर्तमन अध्यक्ष शर्माले त्यस्ता व्यक्तिमाथि समेत कारबाही हुनेगरी आयोगले सिफारिस गरेको बताए ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उनले बताए ।

मुद्दा चलाउँदैमा कारबाही भइहाल्ने भन्ने नभएको र त्यसमा विभिन्न पक्षबाट अध्ययन अनुसन्धानसमेत हुने भएकाले अनिवार्य मुद्दा चलाउनुपर्ने उनले बताए ।

संविधानले मानवअधिकारको अवधारणालाई प्रष्टसँग स्थापित गरेको भएपनि त्यसलाई अपनत्व लिनेगरी कसैलेपनि काम गर्न नसकेको शर्माको भनाइ छ ।

jackson ribon