birat ribon

मुलुकको व्यापार घाटामा २४.९ प्रतिशतले कमी

Neuro
मुलुकको व्यापार घाटामा २४.९ प्रतिशतले कमी

काठमाडौं, ५ कात्तिक । चालु आर्थिक वर्षको भदौ महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात १०.५ प्रतिशतले वृद्धि भई २० अर्ब ४४ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २५.९ प्रतिशतले वृद्धि भएको थियो ।

Padelux insider
cura insider

गन्तव्यका आधारमा भारततर्फ १८.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकततर्फ क्रमशः ५४.९ प्रतिशत र २.९ प्रतिशतले निर्यात घटेको छ । भदौमा वस्तुगत आधारमा आयुर्वेदिक औषधि, चाउचाउ, जडिबुटी, जुटका सामान, पश्मिनालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जुस, लत्ताकपडा, जस्तापातालगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७ /७८ को दुई महिनामा कुल वस्तु आयात २२.१ प्रतिशतले घटेर १७८ अर्ब ८५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.२ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, ४०.१ प्रतिशत र २३.६ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, तयारी पोशाक, कच्चा पाम तेललगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष २०७७–७८ को दुई महिनामा वस्तु व्यापार घाटामा सुधार आएको छ । यस्तो घाटामा २४.९ प्रतिशतले कमी आई १५८ अर्ब ४० करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३.१ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।

निर्याततर्फ वीरगञ्ज, भैरहवा, विराटनगर, नेपालगञ्ज, मेची, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ ।

आयातततर्फ नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

jackson ribon