birat ribon

लिभरपुललाई आयाक्सको चुनौती

Neuro
लिभरपुललाई आयाक्सको चुनौती

विराटनगर, ५ कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा आज इंग्लिस क्लब लिभरपुल र डच क्लब आयाक्सले खेल्दैछन् । नेपाली समयानुसार राति १२ः४५ बजे हुने सो खेल आयाक्सको मैदानमा हुनेछ ।

समूह चरणअन्तर्गतको सो खेलमा समूह ‘डी’का दुवै टोली सुखद सुरुआत गर्ने दाउमा छन् । आयाक्ससँगको खेलमा लिभरपुललाई खेलाडीको चोटले सताउने छ ।

cura insider

मुख्य डिफेन्डर भर्जिल भान डाइक र जोएल माटिप यस खेलमा हुनेछैनन् । भान डाइक र माटिप एभर्टनसँगको खेलमा घाइते भएका थिए ।

यसैगरी लिभरपुलका पहिलो रोजाइक गोलरक्षक एलिसन बेकरसमेत यस खेलमा हुनेछैनन् । त्यसबाहेक मिडफिल्डर थियागो अलाकान्टरा पनि टिमबाहिर छन् ।

सोही समूहका अटलान्टा र मिड्जील्याण्ड पनि प्रतिस्पर्धामा छन् । यी दुईबीचको खेल पनि राति १२ः४५ बजे नै हुनेछ ।

jackson ribon