birat ribon

‘दशैंभत्ता लिने जनप्रतिनिधिलाई कारवाही हुनुपर्छ’

Neuro
‘दशैंभत्ता लिने जनप्रतिनिधिलाई कारवाही हुनुपर्छ’

विराटनगर, ५ कात्तिक । ऐनमा नै उल्लेख नभएको दशैं भत्ता लिने जनप्रतिनिधिलाई कारवाही हुनुपर्ने नेपाली कांग्रेस संसदीय दल प्रदेश नम्बर १ का प्रमुख सचेतक केदार कार्कीले बताएका छन् ।

संघीय सांसदले दशैं भत्ता बुझ्दा आलोचना भइरहेको अवस्थामा बुधबार विज्ञप्ति जारी गर्दै कार्कीले ऐन विपरित काम गर्ने भत्ता लिने र दिने जनप्रतिनिधिलाई कारवाही गर्नुपर्ने बताएका हुन् ।

cura insider

कर्मचारीले भत्ता लिएको विषयमा पूर्वमन्त्री लालबाबु पण्डितको अभिव्यक्ति ‘बचपना’ भएको उल्लेख गरेका छन् ।

केन्द्रीय सरकारले समृद्धिको अभियान भनेर दुई तिहाईको वलमा जनतामाथि क्रुर शासन गर्न खोजेको उनले उल्लेख गरेका छन् ।

जनता महामारीबाट अस्पताल र कतिपय उपचार नपाएर घरमै तड्पिरहेको बेला सरकारले मुकदर्शक भएर मात्र औषधि उपचार नगर्ने घोषणा गर्नु अनुचित कदमको पराकाष्ठा भएको प्रमुख सचेतक कार्कीले जनाएका छन् ।

jackson ribon