birat ribon

काठमाडौंमा २३ सय ९१ सहित उपत्यकामा आज थपिए ३१ सय ७ संक्रमित

Neuro
काठमाडौंमा २३ सय ९१ सहित उपत्यकामा आज थपिए ३१ सय ७ संक्रमित

काठमाडौं, ५ कात्तिक । काठमाडौं उपत्यकामा बुधबार थप ३१ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३१ सय ७ जना संक्रमित भेटिएको जानकारी दिए ।

cura insider

उनका अनुसार आज थपिएका संक्रमितहरू काठमाडौंका २३ सय ९१ जना, भक्तपुरका १७३ जना र ललितपुरका ५४३ जना रहेका छन् ।

बुधबार थप ५७ सय ४३ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ पुगेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २९ सय ९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ । कूल संक्रमितमध्ये ६८.७ प्रतिशतले कोरोना जितेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

बुधबार एकै दिन थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।

jackson ribon