birat ribon

आज एकै दिन २६ कोरोना संक्रमितको मृत्यु

Neuro
आज एकै दिन २६ कोरोना संक्रमितको मृत्यु

विराटनगर, ५ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टायता थप २६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

बुधबारको प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप २६ जनाले कोरोनाबाट ज्यान गुमाएको जानकारी दिएको छ ।

cura insider

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।

बुधबार थप ५७ सय ४३ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ पुगेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २९ सय ९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ । कूल संक्रमितमध्ये ६८.७ प्रतिशतले कोरोना जितेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

jackson ribon