birat ribon

कोरोनामुक्त हुनेको संख्या एक लाख नजिक

Neuro
कोरोनामुक्त हुनेको संख्या एक लाख नजिक

विराटनगर, ५ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २९ सय ९६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप २९ सय ९६ संक्रमित निको भएको जानकारी दिएको छ ।

cura insider

यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ । कूल संक्रमितमध्ये ६८.७ प्रतिशतले कोरोना जितेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

बुधबार थप ५७ सय ४३ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ पुगेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको छ ।

बुधबार एकै दिन थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।

jackson ribon