birat ribon

गर्भ निरोधक गोलीको प्रयोगले निम्त्याउने जोखिम कम गर्ने उपाय

Neuro
गर्भ निरोधक गोलीको प्रयोगले निम्त्याउने जोखिम कम गर्ने उपाय

विराटनगर, ५ कात्तिक । महिलाले गर्भ निरोधक गोली प्रयोग गर्ने एकमात्र कारण हुँदैनन् ।

केहीले यसलाई अनावश्यक गर्भधारण रोक्नका लागि प्रयोग गर्छन् भने धेरैले डाक्टरको सल्लाहमा अनियमित महिनावारीको उपचार, अत्यधिक रक्तस्राव घटाउन, हार्मोनलाई सन्तुलन तथा नियन्त्रण गर्न प्रयोग गरिरहेका हुन्छन् । धेरैजसो औषधिमा भएजस्तै यी गोलीका केही साइड इफेक्ट पनि छन् । तर, यसले निम्त्याउने जोखिम कम गर्न उपाय पनि छन् ।

cura insider

गर्भ निरोधक गोलीले भिटामिन बी, सी, ई, जिंक, सेलेनियम र म्याग्नेसियमसहित पोषक तत्वमा ह्रास ल्याउन सक्छ । त्यसैले गर्भ निरोधक गोली खाने महिलाहरूले पौष्टिकताले भरिएको खाना खानु पर्छ । मांसाहारी भए मासु, समुद्री खाना र माछा आफ्नो आहारमा थप्नु पर्छ । खानामा ड्राइ फ्रुट्स, फलफूल, बीउ पनि थप्नु पर्छ ।

यदि दैनिक खानाबाट उचित पोषक प्राप्त गर्न सकिँदैन भने डाक्टरसँग सल्लाह गरेर मल्टिभिटामिनको सेवन गर्न सकिन्छ । हर्मोन ७० देखि ८० प्रतिशत पेटमा बन्ने हुन्छ । उत्तम स्वास्थ्य कायम राख्न पेटमा समस्या हुन नदिनु धेरै महत्वपूर्ण हुन्छ । त्यसैले खानामा दही, लस्सीलगायतका प्रोबायोटिक्स समावेश गर्नुपर्छ ।

परिष्कृत चिनी, परिष्कृत तेल र परिष्कृत कार्बोहाइड्रेटले पेटको स्वास्थ्यलाई बिगार्न सक्ने हुँदा यसलाई त्याग्नु नै राम्रो हुन्छ । धेरैजसो हर्मोन कलेजोमा मेटाबोलाइज हुने हुँदा यसको सेवनले कलेजोलाई असर गर्न सक्छ । कलेजोलाई डिटक्सिफाई गर्न क्याफिनबाट मुक्त तुलसी समावेश भएको हर्बल चिया प्रयोग गर्न सकिन्छ ।

गर्भ निरोधक गोलीको सेवन गरेपछि महिलाहरूले कहिलेकाहीँ सामान्य सोचले निवारण गर्न सक्ने परिस्थितिमा समेत अनुचित व्यवहार गर्न सक्छन् । तनावलाई नियन्त्रणमा राख्नु सबैभन्दा महत्वपूर्ण हुन्छ । दैनिक व्यायाम, ध्यान, योग, पढाइ आदि व्यस्त भएर तनाव कम गर्न सकिन्छ । साथै, दैनिक ७ देखि ८ घण्टा राम्रोसँग सुत्नु पर्ने हुन्छ ।

यदि औषधि लिएपछि राम्रो महसुस हुँदैन भने यसबारे डाक्टरसँग सल्लाह लिनुपर्छ ।

jackson ribon