Rumpum Advertisement
Dazzu

निको भएर लापरवाही गरे पुनः कोभिड संक्रमण हुन सक्ने

निको भएर लापरवाही गरे पुनः कोभिड संक्रमण हुन सक्ने

विराटनगर, ५ कात्तिक । कोरोना भाइरसको संक्रमण निको भएर लापरवाही गरे पुनः संक्रमण हुन सक्ने बताइएको छ ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)का अनुसार एकपटक संक्रमण निको भए पनि शरीरमा कोरोनाविरुद्ध लड्ने एन्टिबडी घट्दै गए पुनः संक्रमण हुन सक्छ ।

ईसीएमआरका निर्देशक डा. बलराम भार्गवले हालसम्म गरिएका अध्ययने संक्रमणबाट मुक्त भएको ३ देखि ५ महिनासम्म शरीरमा कोरोनाविरुद्ध लड्ने एन्टिबडी हुने देखाएको बताएका छन् ।

तर, यसपछि एन्टिबडीको स्तर बिस्तारै घट्दै जाने हुँदा सावधानीका उपाय नअपनाएमा फेरि पनि संक्रमण हुन सक्ने उनको भनाइ छ । यो रोग नयाँ छ, यसबारे थप कुनै जानकारी छैन, उनले भने, ‘शरीरमा एन्टिबडीको स्तर घट्दै गए पुनः संक्रमण हुन सक्छ । निको भएपछि संक्रमण हुन सक्दैन भन्ने सोचेर लापरवाही गर्न नहुने कुरामा उनले जोड दिएका छन् ।

एन्टबडीमा भरोसा नगरी मास्क लगाउने, हात धुने जस्ता सबै सावधानी अपनाउन उनले चेतावनी दिएका छन् । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडीसी) का अनुसार, निको भएको ९० दिनभित्र व्यक्ति फेरि संक्रमित भयो भने त्यसलाई पुनः संक्रमण भनिन्छ ।