birat ribon

च्याम्पियन्स लिग : बायर्न र एथ्लेटिको भिड्दै

Neuro
च्याम्पियन्स लिग : बायर्न र एथ्लेटिको भिड्दै

विराटनगर, ५ कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा आज साविक विजेता बायर्न र एथ्लेटिको मड्रिडले प्रतिस्पर्धा गर्दैछन् । समूह चरणको सो खेल नेपाली समयानुसार राति १२ः४५ बजे हुनेछ ।

जर्मन क्लब बायर्नको मैदानमा हुने खेलमा दुवै टोली सुखद सुरुआत गर्ने दाउमा हुनेछन् । अघिल्लो सिजनको विजेता बायर्न भने उपाधि रक्षाको होडमा रहनेछ । तथापि, स्पेनिस क्लब एथ्लेटिकोमाथि जित निकाल्न बायर्नलाई त्यति सहज भने छैन ।

cura insider

यसै समर ट्रान्सफरमा बार्सिलोनाबाट लुइस स्वारेज अनुबन्ध गर्न सफल एथ्लेटिको बलियो भएको छ । यद्यपि, एथ्लेटिकोका युवा स्टार जाओ फेलिक्स र डिएगो कोस्टा भने आजको खेलमा हुनेछैनन् ।

यता, बायर्न आज सर्जी ग्नाब्रीविना मैदान उत्रिँदैछ । कोरोना संक्रमण देखिएपछि उनले आजको खेल गुमाउने भएका हुन् । तर, बायर्नलाई रोबर्ट लेवान्डोस्की, थोमस मुलर जस्ता स्टार खेलाडीको साथ रहने छ ।

समूह ‘ए’ कै रेडबुल साल्जबर्ग र लोकोमोटिभ मस्को प्रतिस्पर्धामा छन् । यी दुईबीचको खेल राति १०ः४० बजे साल्जबर्गको मैदानमा हुनेछ ।

jackson ribon