birat ribon

सन् २०२५ सम्ममा मेसिनले मानिसको आधा काम गर्ने

Neuro
सन् २०२५ सम्ममा मेसिनले मानिसको आधा काम गर्ने

विराटनगर, ५ कात्तिक । सन् २०२५ सम्ममा मेसिनले मानिसको आधा काम गर्ने जनाइएको छ ।

विश्व आर्थिक फोरम (डब्लुईएफ)ले जनाएअनुसार सन् २०२५ सम्ममा आधा कार्यहरू मेसिनले सम्हाल्ने छन् । थिंक ट्यांकका अनुसार ‘रोवट रिभोलुसन’ले विश्वभर ९ करोड ७० लाख रोजगारी सिर्जना गरे पनि लगभग धेरै रोजगारीलाई नष्ट गर्छ । जसले केही समुदायलाई जोखिममा समेत राख्न सक्छ ।

cura insider

प्रशासन र डाटा प्रोसेसिङमा रुटिन वा म्यानुअल रोजगारीमा सबैभन्दा बढी स्वचालनको खतरा रहेको डब्लुईएफले जनाएको छ । फोरमको अनुसन्धानले विश्वभरका ठूला तीन सय कम्पनीलाई समावेश गरेको छ । जहाँ ८० लाख मानिसले रोजगारी पाएका छन् । सर्वेक्षणमा ५० प्रतिशतभन्दा बढी कम्पनीमा केही भूमिकाको स्वचालन गति बढाउन रोवट र मेसिनको प्रयोग गर्न रुचाएका छन् भने ४३ प्रतिशतले प्रविधिको कारण रोजगारीमा कटौती हुने सम्भावना रहेको पनि बताएका थिए ।

हाल मानिसले गर्ने कामको एक तिहाइ काम मेसिनले हेरिरहेको छ । तर, सन् २०२५ सम्ममा सन्तुलन परिवर्तन हुने बताइएको छ । रोवट तथा मेसिनको तीव्र गतिमा विकास भइरहेको समयमा मेसिनले मानिसले गर्ने कामलाई प्रतिस्थापन गर्ने छ ।

धेरै जनशक्तिको काम मेसिन र रोवट एक्लैबाट हुनाले ठूलो कम्पनीले मानिसको स्थानमा रोवट र मेसिनलाई स्थान दिने बताइएको छ । यसले लाखौंको संख्यामा दैनिक ज्याला मजदुरी गरेर खाने, कम तलब भएका तथा न्यून कुशल कामदारलाई बढी प्रभावित गर्ने अध्ययनमा उल्लेख गरिएको छ ।

jackson ribon