birat ribon

फूलपातीदेखि घरमै बसेर डिसहोमबाट ‘समर लभ’ हेर्न सकिने

Neuro
फूलपातीदेखि घरमै बसेर डिसहोमबाट ‘समर लभ’ हेर्न सकिने

विराटनगर, ५ कात्तिक । चर्चित लेखक सुविन भट्टराईको सर्वाधिक बिक्री भएको पुस्तक ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’ यही फूलपातीबाट टेलिभिजनमा हेर्न सकिने भएको छ ।

फिल्मका निर्देशक मुस्कान ढकालका अनुसार दशैंमा फिल्म हेर्ने दर्शकको परम्परालाई जीवन्त राख्न ७ कात्तिक फूलपातीबाट फिल्मलाई डिसहोममार्फत् हेर्न पाइने छ । कोरोनाका कारण हल बन्द भएकाले दसैं खल्लो नहोस् भनेर टिभीमै भए पनि फिल्म रिलिज गर्ने निर्णय गरेको मुस्कानले बताएका छन् ।

cura insider

फिल्मलाई डिसहोमको च्यानल नम्बर ८ मा हेर्न सकिनेछ । दर्शकले २ सय २५ मा सपरिवार फिल्म हेर्न सक्नेछन् । डिसहोमपछि फिल्मलाई फिल्मम्याक्स प्लेयर र नेट टिभीमा पनि रिलिज गर्ने तयारी भइरहेको छ । फिल्ममा सुरजसिंह ठकुरी, आशिषपिया, रेवती क्षेत्री, शिशिर भण्डारीलगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

गत वर्षको २५ माघमा हलमा रिलिज भएको फिल्म व्यावसायिकरुपमा खासै सफल हुन सकेको थिएन । सञ्जय लामाको छायांकनमा तयार भएको फिल्ममा पुष्पन प्रधानले संगीत भरेका हुन् ।

jackson ribon