birat ribon

मृगौलामा समस्या भएकाले दशैंमा के खाने–के नखाने ?

Neuro
मृगौलामा समस्या भएकाले दशैंमा के खाने–के नखाने ?

विराटनगर, ५ कात्तिक । कोभिड संक्रमणको जोखिम बढ्दै गएसँगै नेपालीहरूको महान चाड दशैंको चहलपहल सुरु भइसकेको छ ।

दशैंको बेलामा प्रायः नेपालीको घरमा मासुका विभिन्न परिकार पाक्छन् । दशैंमा अत्यधिक मात्रामा मासुजन्य परिकार खाने तर, शारीरिक कसरत भने अरु बेलाको भन्दा कम हुने भएकाले स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिन सक्छन् ।

cura insider

आवश्यकताभन्दा बढी मासु खाएमा बच्चा, वृद्ध र दीर्घरोगी मात्र नभई स्वस्थ मानिसको स्वास्थ्यमा समेत नकारात्मक असर गर्छ ।

दशैंमा मासुका अनेक परिकारसँगै मसलेदार र अधिक चिल्लोपन भएका खानेकुरा बढी खाइने गरिन्छ । हाल कोभिडको संक्रमण हुन नदिन प्रतिरक्षा प्रणालीलाई बढावा दिने खानेकुराहरू खान सल्लाह दिइएको छ । तर, चाडपर्व भन्दैमा खानेकुरामा लापरवाही गरी अत्यधिक मदिरा सेवनले प्रतिरक्षा प्रणालीमा ह्रास ल्याउन सक्छ ।

मृगौला रोग विशेषज्ञहरूका अनुसार बढी चिल्लो खानेकुरा र मदिराको अत्यधिक सेवनका कारण मृगौलाको कार्यमा समस्या आउनुका साथै, मृगौला फेलसमेत हुन सक्छ । मृगौलामा समस्या भएका मानिसले अत्यधिक चिल्लो, मसलेदार, रातो मासु र रक्सीको सेवन गर्नु हुँदैन । मृगौलामा समस्या हुनुको मुख्य कारण भनेको पानी नपिई अत्यधिक मात्रामा रक्सीको सेवन गर्नु हो ।

रक्सीको सेवनले शरीरमा पानीको मात्रालाई घटाई रगत बग्ने नलीलाई फुलाएर तातो रगत बगाउने हुन्छ । जसकारण शरीर तातो हुन गई पसिनासमेत आउने हुँदा शरीरमा डिहाइड्रेसन हुन सक्छ । स्वस्थ मानिसले समेत चाडवाडको समयमा रक्सीको सेवन गरी खानपिनमा ध्यान नदिँदा मृगौलाले गर्ने नियमित क्रियाकलापमा असर पर्न गई मृगौलामा समस्या उत्पन्न हुन सक्छ ।

मधुमेहको औषधि सेवन गरिरहेकाले रक्सी सेवन गरेमा मृगौला फेल हुने सम्भावना हुन सक्छ । मृगौलामा समस्या भएकालाई नुनको अत्यधिक सेवन गर्न नहुने बताइएको छ । दसैंमा कम नुन राखेर बनाए पनि धेरै परिकार हुने हुँदा खानामा नुनको मात्रामा ध्यान दिन पनि आवश्यक हुन्छ ।

त्यसैले मासुसँग अन्य भिटामिन ‘सी’युक्त खानेकुरा जस्तैः फलफूल, सागसब्जी खानुपर्छ । फलफूल र सागसब्जीले मासुबाट प्राप्त हुने फलामतत्व र पोषणलाई सोस्न मद्दत गर्छ । सागसब्जी, फाइबरयुक्त तरकारी तथा फलफूलले शरीरभित्र भएका नचाहिने चिल्लो पदार्थलाई शरीरबाहिर निकाल्ने काम गर्छ । साथै, पानी पनि प्रशस्त मात्रामा पिउन आवश्यक हुन्छ ।

jackson ribon