birat ribon

कम जोखिमका संक्रमितमा समेत देखिन सक्छन् यस्ता दीर्घ स्वास्थ्य समस्या

Neuro
कम जोखिमका संक्रमितमा समेत देखिन सक्छन् यस्ता दीर्घ स्वास्थ्य समस्या

विराटनगर, ५ कात्तिक । अस्पतालमा भर्ना हुन आवश्यक नपर्ने युवा तथा कुनै स्वास्थ्य समस्या नभएका संक्रमितमा समेत दीर्घ स्वास्थ्य समस्याको जोखिम हुने पाइएको छ ।

अक्सफोर्ड विश्वविद्यालयका अन्वेषक टोलीले बेलायतका ४४ वर्ष औसत उमेरका २ सयभन्दा बढी निको भइरहेका संक्रमितको अध्ययन गरेका हुन् । अध्ययनमा सहभागीमध्ये ९० प्रतिशतमा मधुमेह, उच्च रक्तचाप, वा हृदय रोगजस्ता कुनै पनि जोखिम कारक थिएनन् । तीमध्ये पनि केवल ११ प्रतिशतलाई अस्पतालमा भर्ना गर्नु परेका थियो ।

cura insider

लक्षण देखाएको १ सय ४० दिनपछि ९८ प्रतिशत अझै थकित थिए, ९२ प्रतिशत हृदय र फोक्सोको समस्याका लक्षण थिए, ८८ प्रतिशतको मांसपेशी दुख्ने, ८७ प्रतिशतको सास फेर्न गाह्रो हुने, ८३ प्रतिशतको टाउको दुख्ने र ७३ प्रतिशतको पेटसम्बन्धी समस्याहरू देखियो । अस्पतालमा भर्ना भएकामा कुनै न कुनै अंगको क्षति देखिएको थियो ।

त्यस्तै, अस्पताल भर्ना भएकालाई मात्र नभएर ६६ प्रतिशत बिरामीमा कम्तिमा एउटा अंगले काम गर्न समस्या हुने देखिएको थियो । एमआरआई स्क्यान गरेर हेर्दा फोक्सोमा ३३ प्रतिशत, मुटुमा ३२ प्रतिशत, प्यानक्रियाजमा १७ प्रतिशत, मृगौलामा १२ प्रतिशत, कलेजोमा १० प्रतिशत र स्पलिनमा ६ प्रतिशत क्षति देखिएको थियो ।

मेड्रिक्सिभमा प्रकासित गरिएको अध्ययनले कोरोना भाइरस यी सबै समस्याको मुख्य कारण रहेको भनेर प्रमाणित गर्न सकेको छैन । तर, अध्ययनले अंगको कार्यमा हुने दीर्घकालीन जोखिम कम गर्न बिरामीलाई लामो समयसम्म निगरानीमा राख्न आवश्यक हुने सुझाव दिएको छ ।

jackson ribon