birat ribon

बीपीमा कोरोना संक्रमित महिलाको मृत्यु

Neuro
बीपीमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, ५ कात्तिक । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना भाइरस संक्रमित एक महिलाको मंगलबार राति मृत्यु भएको छ ।

सुनसरीको गढी–४ की ५५ वर्षीया महिलाको राति ९ बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृतकमा उच्च रक्तचापको पुरानै समस्या थियो ।

cura insider

कोरोना पुष्टि भएपछि उनलाई मंगलबारनै उपचारका लागि भर्ना गरिएको थियो । शवको व्यवस्थापन नियम अनुसार हुने डा. श्रेष्ठले जानकारी दिए ।

jackson ribon