birat ribon

चीनमा विकास गरिएको खोपको प्रयोग गर्ने ब्राजिलको योजना

Neuro
चीनमा विकास गरिएको खोपको प्रयोग गर्ने ब्राजिलको योजना

विराटनगर, ५ कात्तिक । चीनमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा ल्याउने योजना ब्राजिलले बनाएको छ ।

विश्वमा कोरोनाबाट प्रभावित हुनेमध्येको एक हो दक्षिण अमेरिकी देश ब्राजिल । ब्राजिलमा हालसम्म संक्रमित संख्या ५२ लाख ७४ हजार आठ सय १७ पुगेको छ । एक लाख ५४ हजार आठ सय ८८ जनाको ज्यान गइसकेको छ ।

cura insider

ब्राजिलले नेशनल इम्युनाइजेसन कार्यक्रम अन्तर्गत चीनमा विकास भएको कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्ने तयारी गरेको सरकारी अधिकारीले बताएका हुन् । साओ पाउलोको गभर्नर जोआओ डोरियाले संघीय सरकार चीनको सिनोभाकले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोप कोरोनाभ्याक किन्ने सहमति गरेको बताएका छन् । उनका अनुसार संघीय सरकार सो खोपका चार करोड ६० लाख डोज किन्न सहमत भएको हो ।

इम्युनाइजेसन कार्यक्रम आउँदो जनवरीमा सुरु हुने डोरियाले बताएका छन् । महामारीविरुद्ध खोप लगाएर व्यक्तिलाई इम्युनाइज गर्ने यो विश्वको पहिलो कार्यक्रम हुने उनको दाबी छ ।

चिनियाँ कम्पनी सिनोभाक बायोटेकले विकास गरेको कोरोनाभ्याकको प्रयोगका लागि ब्राजिलमा प्रयोगका लागि त्यहाँको स्वास्थ्य नियामक निकायको स्वीकृति चाहिन्छ । चिनियाँ खोपको ब्राजिलमा पनि परीक्षण भइरहेको छ ।

jackson ribon