birat ribon

असई र जवानको विभत्स हत्या

Neuro
असई र जवानको विभत्स हत्या

विराटनगर, ५ कात्तिक । धनगढीमा असई गोविन्द विक र जवान रामहादुर साउदको विभत्स तरिकाले हत्या भयो ।

कर्तव्य पालनाको सिलसिलामा दुवै जनाले वीरगति प्राप्त गरे । मोहना नदी दुवैको एकै चिहान बन्यो । आपराधिक व्यक्तिले नियमित गस्तीमा खटेका सिपाहीहरूको गत शनिबार राति बीभत्स हत्या गरेर नदीमा फालेका थिए ।

cura insider

कैलालीको धनगढी उपमहानगरपालिका–१२, जुगेडास्थित नेपाल–भारत सीमा क्षेत्रमा घटना भएको हो । दुवै जना जुगेडास्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत थिए । सो क्षेत्रमा विगतदेखि नै भारतबाट मालसामान तस्करी हुँदै आएको छ । तस्करको निगरानी गर्ने उद्देश्यले गस्तीमा जाँदा दुवै प्रहरीको हत्या भएको हो । हत्या स्थानीय तस्कर समूहले गरेको पुष्टि भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon