birat ribon

शीर्ष स्थानको दिल्लीलाई पञ्जाबले हरायो

Neuro
शीर्ष स्थानको दिल्लीलाई पञ्जाबले हरायो

विराटनगर, ५ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रियिमर लिग (आईपीएल)मा शीर्ष स्थानको दिल्ली क्यापिटल्स पराजित भएको छ । मंगलबार राति भएको खेलमा दिल्ली किंंग्स एलेभेन पञ्जाबसँग पाँच विकेटले पराजित भएको हो

दुबई अन्तर्राष्ट्रिय रंगशालामा दिल्लीले दिएको १६५ रनको लक्ष्य पछ्याएको पञ्जाबले १९ ओभरमा मात्र ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।

cura insider

पञ्जाबलाई जिताउन निकोलस पुरनले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । ग्लेन म्याक्सवेलले ३२ रन बनाउँदा क्रिस गेलले २९ रन जोडे ।

दीपक होडाले अविजित १५ रन जोड्दा कप्तान केएल राहुलले १५ रन तथा जेम्स निशम १० रनमा अविजित रहे ।

दिल्लीका कागिसो राबडाले दुई विकेट लिए भने अक्षर पटेल र रविचन्द्र आश्विनले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभर खेल्दा ५ विकेटको क्षतिमा १६४ रन बनायो ।

दिल्लीका लागि शिखर धवनले अजिवित शतकीय इनिङ्स खेले । उनले ६१ बल खेल्दा १२ चौका र ३ छक्काको सहयतामा १०६ रन जोडे । शतकसँगै धवन आईपीएलमा लगातार शतक प्रहार गर्ने पहिलो खेलाडी पनि बने ।

यस्तै कप्तान श्रेयस अय्यर र रिषव पन्तले समान १४ रन बनाउँदा शिम्रोन हेटमेरले अजिवित १० रन जोडे । मार्कुस स्टोइनिसले ९ रन जोड्दा पृथ्वी श ७ रनमा आउट भए ।

पञ्जाबका मोहम्मद शामीले दुई विकेट लिँदा ग्लेन म्याम्सवेल, जेम्स नीशम र मुरुगान आश्विन समान १–१ विकेट लिए ।

जितसँगै पञ्जाबले दिल्लीसँग सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदलासमेत लिएको छ । सिजनको पहिलो भेटमा दिल्लीले पञ्जाबलाई सुपर ओभरमा हराएको थियो ।

यस्तै पञ्जाबले १० खेलबाट ८ अंक जोडेको छ । ऊ तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।
यता, शीर्ष स्थानको दिल्लीले १० खेलमा १४ अंक जोडेको छ ।

jackson ribon