birat ribon

परिणाम ल्याउने गरी काम गर्न निर्देशन

Neuro
परिणाम ल्याउने गरी काम गर्न निर्देशन

विराटनगर, ५ कात्तिक । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समेत काम हेर्ने जिम्मेवारी पाउनुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारको कामलाई थप प्रभावकारी बनाउन छलफल सुरु गरेका छन् ।

छलफलको क्रममा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कामलाई थप प्रभावकारी र परिणाम ल्याउने गरी ठोस काम गर्न निर्देशन दिए ।
उपप्रधानमन्त्री पोखरेलले मु्ख्य सचिव शङ्करदास बैरागी, सचिव, सहसचिवहरूलगायत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पदाधिकारीहरूसँग मङ्गलबार ब्रिफिङ लिएका छन् ।

cura insider

सो अवसरमा प्रधानमन्त्री कार्यालयका आधा दर्जन महाशाखाका प्रमुखले
आ–आफ्नो महाशाखाको कामकारबाहीबारे जानकारी गराए । उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भइरहेका कामका बारेमा मु्ख्य सचिव, सचिव, सहसचिवहरूलगायत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पदाधिकारीहरूसँग छलफल गरिएको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon