birat ribon

डर्टमण्डमाथि लाजियोको सहज जित

Neuro
डर्टमण्डमाथि लाजियोको सहज जित

विराटनगर, ५ कात्तिक । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा इटालियन क्लब लाजियोले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई हराएको छ ।

मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा लाजियोले डर्टमण्डमाथि ३–१ गोलको सहज जित निकालेको हो ।

cura insider

लाजियोको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन सिरो इम्मोबाइल र जीन–डेनियल अक्पा अक्प्रोले १–१ गोल गरे । उसले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

डर्टमण्डका लागि इयर्लिङ ब्राउल्ट हालाण्डले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा इम्मोबाइलले गोल गर्दै लाजियोलाई सुरआती अग्रता दिलाएका थिए । २३औं मिनेटमा डर्टमण्डका मार्विन हिट्जले आफ्नै पोस्टमा गोल गरेपछि लाजियो २–० गोलले अगाडि बढेको थियो ।

७१औं मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, अक्पा अक्प्रोले ७६औं मिनेटमा गोल गर्दै लाजियोलाई ३–१ गोलले जिताए ।

जितसँगै लाजियोले च्याम्पियन्स लिगमा सुखद सुरुआत गरेको छ । समूह ‘एफ’को लाजियोले ३ अंक जोडेको छ ।

jackson ribon