birat ribon

स्रोत नखुलेको रकमसहित पक्राउ

Neuro
स्रोत नखुलेको रकमसहित पक्राउ

विराटनगर, ५ कात्तिक । भारतको जोगवनीबाट नेपाली रुपैयाँ चार लाख १० हजार लिएर विराटनगरतर्फ आउँदै गरेका एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, विराटनगर–१७ मटेरुवा नाकाबाट नेपाल छिरेका स्थानीय ४१ वर्षीय अमीरचन्द्र साहलाई सोमबार पक्राउ गरी मंगलवार भन्सार कार्यालयमा बुझाइएको छ । स्रोत नखुलेको नेपाली रकम बोकेर आएका व्यक्तिलाई कारवाहीका लागि भन्सार बताइए प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

cura insider

सीमा खुल्ला हुँदा भारु लिएर नेपाल आउने र नेरु लिएर भारत जाने उपभोक्ताको चाप थियो । व्यापारी कोई सीमा खुल्ला हुँदा दुवै देशको रकम साट्न समस्या थिएन । कोरोनाको त्रासका कारण गरिएको सीमा बन्दमा लुकेर भारत प्रवेश गरी किनमेल गर्ने नेपालीले त्यहाँका व्यापारीलाई बुझाइएको रकम नै साट्नका लागि ल्याइने अनुमान गरिएको छ । आजको उद्घोष दैनिकमा समाचार छ

jackson ribon