birat ribon

च्याम्पियन्स लिग : चेल्सी र सेभिल्लाले बराबरी खेले

Neuro
च्याम्पियन्स लिग : चेल्सी र सेभिल्लाले बराबरी खेले

विराटनगर, ५ कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब सेभिल्लाले अंक बाँडेका छन् ।

मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा चेल्सी र सेभिल्लाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

cura insider

चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा दुवै टोली गोल गर्न असफल भए । यी दुईले युरोपियन क्लब फुटबलमा पहिलो पटक एकअर्काविरुद्ध खेलेका थिए ।

बराबरीसँगै समूह ‘ई’मा रहेका यी दुई टोलीले १–१ अंक बाँडे ।

jackson ribon