birat ribon

युनाइटेडले पीएसजीलाई उसैको मैदानमा हरायो

Neuro
युनाइटेडले पीएसजीलाई उसैको मैदानमा हरायो

विराटनगर, ५ कात्तिक । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराएको छ ।

मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा युनाइटेडले पीएसजीमाथि २–१ गोलको जित निकाल्दै च्याम्पियन्स लिगमा सुखद सुरुआत गरेको छ ।

cura insider

पीएसजीको मैदानमा भएको खेलमा युनाइटेडलाई जिताउन ब्रुनो फर्नान्डेस र मार्कुस राष्फोर्डले समान १–१ गोल गरे । पीएसजीले भने एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

खेलको २३औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाए । खेलको ५५औं मिनेटमा एन्थोनी मार्सियलले आफ्नै पोस्टमा गोल गरेपछि पीएसजी बराबरीमा फर्कियो ।

तर, ८७औं मिनेटमा पल पोग्बाको पासमा राष्फोर्डले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे ।

जितसँगै समूह ‘एच’को युनाइटेडले ३ अंक जोडेको छ ।

jackson ribon