birat ribon

मोराटा चम्किँदा युभेन्टसको सुखद सुरुआत

Neuro
मोराटा चम्किँदा युभेन्टसको सुखद सुरुआत

विराटनगर, ५ कात्तिक । युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा इटालियन च्याम्पियन युभेन्टसले सुखद सुरुआत गरेको छ ।

मंगलबार राति भएको समूह चरणको खेलमा युभेन्टसले युक्रेनको क्लब डायनामो किभविरुद्ध २–० गोलको जित निकाल्दै च्याम्पियन्स लिगमा सुखद सुरुआत गरेको हो ।

cura insider

डायनामोको मैदानमा भएको खेलमा युभेन्टसलाई जिताउन दुवै गोल अल्भारो मोराटाले गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४६औं मिनेटमा गोल गर्दै मोराटाले युभेन्टसलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेल सकिन छ मिनेट बाँकी छँदा जुआन क्वाड्राडोको पासमा मोराटाले फेरि गोल गरे । र, युभेन्टसलाई २–० गोलको जित दिलाए ।

युभेन्टस पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोविना नै मैदान उत्रिएको थियो । कोरोना संक्रमणका कारण रोनाल्डो युभेन्टसको टोलीमा छैनन् । जितसँगै समूह ‘जी’ मा रहेको युभेन्टसले ३ अंक जोडेको छ ।

jackson ribon