birat ribon

च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार सुरुआत

Neuro
च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार सुरुआत

विराटनगर, ५ कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले शानदार सुरुआत गरेको छ ।

मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा बार्सिलोनाले हंगेरीको क्लब फेरेन्सभारोमाथि ५–१ गोल अन्तरको जित निकाल्दै शानदार जित सुरुआत गरेको हो ।

cura insider

बार्सिलोनाको मैदान क्याप नोउमा घरेलु टोलीलाई जिताउन कप्तान लियोन मेस्सी, अन्सु फाती, फिलिप्पे कौटिन्हो, पेड्री र ओस्मान डेम्बेलेले समान १–१ गोल गरे । फेरेन्सभारोसका इहोर खरातिनले एक गोल फर्काए ।

खेलको २७औं मिनेटमा मेस्सीको पेनाल्टी गोलमा बार्सिलोनाले सुरुआती अग्रता बनाएको थियो । ४२औं मिनेटमा फातीले फ्रेन्की डी योङको पासमा गोल गरेपछि पहिलो हाफभरि बार्सिलोनाले २–० गोलको अग्रता बनायो ।

५२औं मिनेटमा कौटिन्होले फातीको असिस्टमा गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर बनाए । ६८औं मिनेटमा डिफेन्डर जेरार्ड पिकेले रातो कार्ड पाउँदै मैदानबाट बिदा लिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भयो ।

७०औं मिनेटमा पाहुना टोलीका खरातिनले पेनाल्टीमा गोल गरे । ८२औं मिनेटमा पेड्री डेम्बेलेकाे पासमा तथा ८०औं मिनेटमा डेम्बेलेले मेस्सीको असिस्टमा गोल गरेपछि बार्सिलोनाले ५–१ गोलको जित निकालेको हो ।

जितसँगै समूह ‘जी’ को बार्सिलोनाले ३ अंक जोडेको छ ।

jackson ribon