birat ribon

३५ वर्षमा मानव मस्तिष्क शक्तिशाली, ४५ वर्षपछि क्षमता घट्ने

Neuro
३५ वर्षमा मानव मस्तिष्क शक्तिशाली, ४५ वर्षपछि क्षमता घट्ने

विराटनगर, ४ कात्तिक । ३५ वर्षको उमेरमा मानव मस्तिष्कको कग्निटिभ पीकमा पुग्ने अर्थात् सबैभन्दा शक्तिशाली हुने एक अध्ययनले देखाएको छ ।

उमेर बढेसँगै मानव मस्तिष्कको सुधार हुने क्षमता हेर्नका लागि लुडविग म्याक्सिमिलियन विश्वविद्यालयका अनुसन्धानदाताले विगत १ सय ३० वर्षमा चेसको हजारौं खेलको अध्ययन गरेका थिए ।

cura insider

प्रोसिडिङ्स अफ द नेसनल एकेडमी अफ सायन्सेजमा प्रकाशित अध्ययनका अनुसार मानव मस्तिष्कको प्रदर्शन २० वर्षसम्म तीव्र गतिमा उकालो लाग्ने देखियो ।

साथै, ३५ वर्षको उमेरमा शिखरमा पुग्ने र ४५ वर्षपछि क्रमशः मस्तिष्कको क्षमता ओरालो लाग्दै जाने पाइयो ।

टोलीले मानव प्रजातिका रूपमा दिनदिनै थप बुद्धिमान हुँदै गएको बताएका छन् ।

सन् १८९० देखि २०१४ सम्म उवे सुन्दे र सहकर्मीले २४ हजारभन्दा बढी व्यवसायिक चेस खेलमा १६ लाखभन्दा बढी मुभको विश्लेषण गरेका थिए ।

विगत १ सय २५ वर्षमा विशेषगरी २० वर्षभन्दा कम उमेर भएका मानिसको हकमा प्रदर्शनमा सुधार आएको छ ।

सन् १९९० को दशकमा कम्प्युटरमा चेस व्यापक रूपमा उपलब्ध हुन थालेपछि मानव मस्तिष्कको प्रदर्शन ह्वात्तै माथि गएको थियो ।

jackson ribon