birat ribon

आईपीएल : धवनको शतकमा दिल्लीले पञ्जाबलाई दियो १६५ रनको ‘टार्गेट’

Neuro
आईपीएल : धवनको शतकमा दिल्लीले पञ्जाबलाई दियो १६५ रनको ‘टार्गेट’

विराटनगर, ४ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रियिमर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले किंग्ल एलेभेन पञ्जाबलाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ ।

मंगलबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभर खेल्दा ५ विकेटको क्षतिमा १६४ रन बनायो ।

cura insider

दिल्लीका लागि शिखर धवनले अजिवित शतकीय इनिङ्स खेले । उनले ६१ बल खेल्दा १२ चौका र ३ छक्काको सहयतामा १०६ रन जोडे । शतकसँगै धवन आईपीएलमा लगातार शतक प्रहार गर्ने पहिलो खेलाडी पनि बने ।

यस्तै कप्तान श्रेयस अय्यर र रिषव पन्तले समान १४ रन बनाउँदा शिम्रोन हेटमेरले अजिवित १० रन जोडे । मार्कुस स्टोइनिसले ९ रन जोड्दा पृथ्वी श ७ रनमा आउट भए ।

पञ्जाबका मोहम्मद शामीले दुई विकेट लिँदा ग्लेन म्याम्सवेल, जेम्स नीशम र मुरुगान आश्विन समान १–१ विकेट लिए ।

jackson ribon