birat ribon

युनाइटेडसँग बदला लिने पीएसजीको दाउ

Neuro
युनाइटेडसँग बदला लिने पीएसजीको दाउ

विराटनगर, ४ कात्तिक । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ ।

पीएसजी र युनाइटेडबीचको खेल राति १२ः४५ बजे पीएसजीको मैदानमा हुँदैछ । यस खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै सुखद सुरुआत गर्ने लक्ष्यमा छन् । पीएसजी र युनाइटेड समूह ‘एच’मा रहेका छन् ।

cura insider

यी दुई टोली २०१८–१९ को सिजनपछि पहिलोपटक च्याम्पियन्स लिगमा एक-अर्काविरुद्ध खेल्दैछन् । सो सिजनको अन्तिम १६ मा यी दुईबीच भेट भएको थियो । युनाइटेडलको घरमा पीएसजीले २–० गोलको जित निकालेको थियो । तर, दोस्रो लेगमा आफ्नै मैदानमा ३–१ गोलले पराजित भएपछि पीएसजी च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।

खेलको इन्ज्युरी समयमा मार्कुस राष्फोर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई जित दिलाएका थिए । सोही खेलको बदला लिने दाउमा पीएसजी रहेको छ ।

तथापि, युनाइटेडमाथि जित निकाल्न पीएसजीलाई त्यति सहज भने हुनेछैन । किनकि, पीएसजी आज माउरो इकार्डी, मार्को भेराट्टी, लियन्द्रो पेरेडेस, जुआन बर्नाट र थिलो केहररविना मैदान उत्रिँदैछ ।

तर, पीएसजीका तीन स्टार नेयमार, किलियन एम्बाप्पे र एन्जल डी मारिया भने मैदान उत्रिनेछन् ।

यता, केही महिनाअघि पीएसजी छोडेका इडिन्सन काभानीले भने पूर्वक्लबविरुद्ध खेल्ने मौका पाउने छैनन् । यस्तै ह्यारी म्यागुरे पनि घाइते भएका कारण यस खेलमा हुनेछैनन् ।

jackson ribon