birat ribon

जनता समाजवादीको संघीय परिषद् अध्यक्षमा डा. भट्टराई

Neuro
जनता समाजवादीको संघीय परिषद् अध्यक्षमा डा. भट्टराई


काठमाडाैं, ४ कात्तिक । जनता समाजवादी पार्टी नेपालले डा. बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाएको छ । सोमबारदेखि बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने निर्णय गरेको हो ।

बैठकपछि बुधबार पत्रकारहरुसँग कुरा गर्दै जसपाका नेता गंगानारायण श्रेष्ठले डा. भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय भएको बताए ।

cura insider

यस्तै बैठकले संघीय परिषद्सँगै ८ सय १ सदस्यीय केन्द्रीय समिति समेत गठन गरेको छ ।

त्यस्तै समग्र पार्टीको समायोजनको निम्ति समायोजन कार्यदलसमेत बनाएको श्रेष्ठले बताए ।

त्यसबाहेक विधानलाई परिमार्जन गर्ने र विधानमा आधारीत नियमावली समेत पारित गर्ने काम बैठकले गरेको छ । 

बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सरकारले उदाशिनता देखाएको भन्दै विरोधसमेत गरेको छ ।

यस्तै पार्टीका सांसदहरूले चाडपर्वमा कुनैपनि भत्ता नलिने र भत्तास्वरुप आउने रकम कोरोना पीडितको उपचारमा खर्च गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

यसबाहेक कैलालीबाट निर्वाचित सांसद रमेश चौधरी लामो समयदेखि जेलमा रहेकाले उनको रिहाइ र पार्टीका अन्य नेता कार्यकर्ताहरूसमेत विभिन्न झुठा मुद्दामा थुनामा रहेकोले रिहाइको माग गर्दै देशभर कार्यक्रम गर्ने निर्णयसमेत बैठकले गरेको छ । 

jackson ribon