birat ribon

संक्रमितको उपचार गर्न केन्द्रले हात उठायो, प्रदेशका सरकारी अस्पतालमा निःशुल्क

Neuro
संक्रमितको उपचार गर्न केन्द्रले हात उठायो, प्रदेशका सरकारी अस्पतालमा निःशुल्क

विराटनगर, ४ कात्तिक । प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ का सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क हुने बताएका छन् ।

संघीय सरकारले उपचार नगर्ने भन्दै हात उठाएपछि प्रदेश मातहतका अस्पतालमा उपचार निःशुल्क हुने बताएका हुन् ।

cura insider

‘प्रदेशका १४ वटै जिल्ला अस्पताल र विराटनगरको कोभिड १९ उपचार केन्द्रमा निःशुल्क उपचार हुन्छ,’ उनले भने, ‘निजीमा जाने हो भने शुल्क तिनुपर्छ ।’

निजी अस्पतालले लिने शुल्कका बारेमा प्रदेश सरकारले अनुगमन गरी एकरुपता कायम गर्ने उनले बताए ।

‘हिजो १५ हजार लिनेले आज ३० हजार लिन पाउँदैनन्,’ उनले भने, ‘हामी अनुगमन गर्छाैं एकरुपता कायम गर्ने प्रयत्न गर्छौं ।’

jackson ribon